images

स्पेस समाचार प्रभावः गिरी बन्धु टी इस्टेटको जग्गा सट्टाभर्ना गर्न दिने तत्कालीन ओली सरकारको निर्णय बदर

काठमाडौं–तत्कालिन केपी शर्मा ओली सरकारले गिरी बन्धु टी इस्टेटको जग्गा सट्टाभर्ना गर्न दिने गरेको निर्णय सर्वाेच्च अदालतले बदर गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले कानुनी प्रावधान अनुकुल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको भन्दै उक्त निर्णय बदर गरेको हो ।

२०७८ साल वैशाख १३ गते ओली सरकारले सट्टा भर्ना गर्न पाउने निर्णय गरेको थियो ।

उक्त निर्णय विरुद्धको फैसलामा सर्वोच्च अदालतले भनेको छ, ‘विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२९ग० लगायतका कानूनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सो बमोजिम भए गरिएका काम कारबाही समेत बदर हुने ठहर्छ ।’

यस विषयमा स्पेस फोरके टेलिभिजनको कार्यक्रम जनता जनार्दन र स्पेस समाचार अनलाइनले निरन्तर रुपमा समाचार प्रकाशन र प्रशारणका साथै खबरदारी गरेको थियो ।