images

सम्पत्ति शुद्धीकरण निवारण विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं– सम्पती शुद्धिकरण मनि लाउण्डरिङ्ग निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धधन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० प्रतिनिधि सभाबाट पारित भएको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकले सम्पती शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० बहुमतले पारित गरेको हो । सो विधेयक पारित गरियोस् भनि कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राखेको प्रस्तावलाई ध्वनी मतका आधारमा बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

सभामुख घिमिरेले आगामी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरूको प्रश्नोत्तर जानकारी पनि दिए । प्रधानमन्त्रीसँग प्रश्नोत्तर लागि फागुन २ गते दिउँसो ३ बजेभित्र सांसदहरूले लिखित प्रश्न दर्ता गराउन सभामुख घिमिरेले निर्देशन दिए । प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेछ ।