images

रवी लक्षित राप्रपा नेता ज्ञानेन्द्रको टिप्पणी, नयाँहरु टुटफुट होइन मिलेर जाऔं

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नयाँ दलहरु टुटफुट नभई मिलेर जानु पर्ने बताएका छन् । उनले नयाँ दलहरुलाई फुटाउने प्रपन्च गरिएको भन्दै त्यसबाट जोगिनु पर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा ठूला दलका नेताहरुको व्यङ्ग्य प्रति प्रतिरक्षा समेत गरेका छन्   उनले भनेका छन,’ सामाजिक मलाई हाँसो लाग्छ कसरी नयाँहरुलाई टुटाउने -फुटाउने रणनीति बनाएको देख्दा यदि नयाँहरुलाई कमजोर बनाईएन भने केही -केहीलाई आफुले लुटदै आएको राज्य सतामा लुटमच्चाउन पाईदैन भन्ने डर छ ।’

उनले रवी लामिछाने प्रति लक्षित गर्दै तपाईंको पार्टी के हो ? आस्था के हो ? सबै आफनो–आफ्नो ठाँउमा ठिक छ तर हामी एकजुट हुनु सिवाय अर्को बिकल्प छैन । त्यसैले हामी एकजुट बनौ