images

आन्तरिक स्रोत र साधनबाट राज्यका दायित्वहरु पूरा गर्न कठिन छः अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक स्रोत र साधनबाट राज्यका दायित्वहरु पूरा गर्न कठिन बन्दै गएको खुलासा गरेका छन् ।

 

शुक्रवार नेपाल व्यवस्थापन संघको ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले उदारताकासाथ श्रोत र साधनलजाई मध्यनजर नराखि धेरै प्रतिवद्धता गर्दा समस्या भइरहेको बताए । अर्थमन्त्री महतले ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका विषयहरु सुनिश्चित गर्दा समस्या आएको उल्लेख गरेका छन् ।

उनले मुलुक संघीय संरचनामा गइसकेपछि आर्थिक दायित्व झनै बढेको भएपनि आन्तरिक श्रोत र साधनबाट उठेको राजश्वले राज्यका सबै दायित्वहरु धान्न कठिन हुँदै गएको स्पष्ट पारे ।

 

अर्थमन्त्री महतले साधन स्रोतहरु प्राथमिकीकरण गरेर अघि बढ्न जरुरी रहेको औंल्याएका छन् ।