images

विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई दिने माओवादी केन्द्रको निर्णय

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान सम्मेलनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको छ ।

शुक्रवार र शनिवार २ दिन पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटि बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको हो । बैठकमा नेताहरुबीच पार्टीको केन्द्रिय कमिटि १५१ सदस्य रहने प्रस्तावमा सहमती भएको पनि प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा नेताहरुले पार्टीलाई विधि र विधान अनुसार अघि बढाउन नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम मुलुकका आर्थिक अवस्थामा आमूल परिवर्तन हुनेगरी ल्याउने धारणा राखेका थिए । यसैबीच, माओवादी केन्द्रले केन्द्रिय समिति बैठक आईतवारदेखि शुरु हुने भएको छ । बैठक पार्टीको विशेष रुपान्तरण अभियानको समिक्षामा केन्द्रित हुने पनि प्रवक्ता सापकोटाले बताए ।