images

भ्रष्टाचार र तस्करीको जालो तोड्न खोज्दा विरोधमात्रै हुन्छः कानूनमन्त्री गुरुङ

काठमाडौं– कानून,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारी र तस्करीको जालो तोडन खोज्दा विरोध भइरहेको गुनासो गरेका छन् । मन्त्री गुरुङले वर्तमान सरकारकै कारण मुलुक अप्ठेरो अवस्थाबाट ट्रयाकमा आउन खोजेको बताए।

आइतबार नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आयोजित कार्यक्रममा वर्तमान गठबन्धन सरकार गठन हुँदा अवस्था निकै चुनौतीपूर्ण रहेपनि वर्तमान सरकार भएपछि मुलुक अप्ठेरो अवस्थाबाट ट्रयाकमा आउन खोजेको दाबी गरे ।

उनले न्यायालय स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यायालय स्वतन्त्र रहेको भन्दैमा न्यायाधीशले आफूखुसी निर्णय गर्न नपाउने धारणा राखे ।मन्त्री गुरूङले सहकारी पीडितका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरिरहेको बताउँदै राजनीतिक प्रभावले ठगी धन्दामा लाग्नेलाई सरकारले छोड्ने र छुट दिने नगर्ने स्पष्ट पारे।