images

साताको पहिलो दिन सेयर बजारमा ओरालो

काठमाडौं– चार कारोबार दिन नियमित बढेको सेयर बजार परिसूचक नेप्सेमा १० दशमलव ५० अंकको गिरावट आएको छ ।

साताको पहिलो कारोबार दिन नेप्से घटेर बन्द भएको हो । यो सँगै नेप्से सूचक २ हजार ८५ बिन्दुमा ओर्लिएको छ । नेप्से घटेपनि कारोबार रकम भने सुधार देखिएको छ । बिहीबार ३ अर्ब २१ करोडको शेयर कारोबार भएको बजारमा आइतबार ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

समाज लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको सूचक घटेको छ ।