images

पार्टीको जिम्मेवारी पूरा नगर्नेलाई कार्बाही गर्ने प्रचण्डको चेतावनी

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका लागि समय नदिने नेतालाई कार्बाही गर्न चेतावनी दिएका छन् । सोमबार नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानका क्रममा जवाफ दिँदै अध्यक्ष प्रचण्डले पार्टीको जिम्मेदवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारबाही गर्ने चेतावनी दिएका हुन् ।

अध्यक्ष कारबाहीका लागि सबै प्रदेशका इन्चार्जहरुलाई भोलि या पर्सीसम्ममा रिपोर्ट दिन समेत निर्देशन दिए । रिपोर्टका आधारभा विधान अधिवेशनको अन्तिम दिन निर्णय गरेर अघि बढ्ने उद्घोष समेत गरे ।