images

जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेको बताएका छन् ।

जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गरी उनले जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण नेपालीको साझा दिवसका रुपमा रहेको उल्लेख गरेका छन् ।

जनयुद्धले परिवर्तनको सपनालाई आत्मसात् गरेको, राजतन्त्रको अन्त्य तथा लोकतान्त्रिक गणतन्त्रको स्थापनामा भूमिका रहेको उनको भनाई छ । उनले परिवर्तनको पक्षमा लागेर शहीद भएका प्रति श्रद्धाञ्जली, बेपत्ता व्यक्तिमा उच्च सम्मान र घाइते भएकाहरुको स्वास्थ्यलाभको कामना गरे ।

अध्यक्ष  प्रचण्डकाे शुभकामना पढ्नुहाेस्

Image