images

नेपालले नामिवियालाई दियो १३३ रनको झिनो लक्ष्य

काठमाडौं–आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले नामिबियालाई १३३ रनको झिनो लक्ष्य दिएको छ ।

विहिबार त्रिवि खेलकुद मैदान कीर्तिपुरमा भएको खेलमा नामिवियाले नेपाली खेलाडीहरुलाई दबाबमा राख्यो ।

नेपालका तर्फबाट भीम सार्कीले सर्वाधिक ४४ रन बनाए भने ६ जनाले ब्याट्सम्यानले भने दोहोरो अंक बनाउन सकेनन् ।

शुरूआतदेखि नै दबाबमा परेको नेपालले ४०.१ ओभरमा १३२ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१, करण केशीले १६, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नामिबियाका लागि गेहार्ड इरसमसले पाँच विकेट लिए। उनले ८.१ ‌ओभरमा २८ रन मात्रै खर्चिए। त्यस्तै, रुबेन टुम्पेलमन र ज्याक ब्रासेलले दुई/दुई तथा जान निकोलले एक विकेट लिए।

काठमाडौंमा शुरू भएको प्रतियोगितामा नेपालसँगै नेदरल्यान्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्यान्ड, यूएई र अमेरिका सहभागी छन्।