images
images

बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं–बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार विहान ९ बजेर ३२ मिनेट जाँदा बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोक विजय अधिकारीका अनुसार भूकम्पको धक्का अछाम,बाजुरा लगायतका आसपासका आधा दर्जन जिल्लामा महसुस गरिएको छ।

गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। ‘गएको असोजमा गएको बझाङ भूकम्पपछि अहिलेसम्म त्यस क्षेत्रमा ६ सय भन्दा धेरै परकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र १५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS