images

प्रधानमन्त्री र मेराबीच कुनै बेमेल छैनः अर्थमन्त्री महत

काठमाडौं–अर्थमन्त्री डा प्रकाश शरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूबीच कुनै बेमेल नभएको प्रष्ट पारेका छन् । अर्थमन्त्री महतले शुक्रबार अर्थमन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुरा बताएका हुन् ।

अर्थमन्त्री महतले भने,’ हामीबीच संवाद र समन्वयमै काम भइरहेको छ । यसो गर्दा के होला रु भनेर उहाँले भन्नु हुन्छ । मैले आफ्नो कुरा भन्ने गरेको छु । छलफलबाट निष्कर्षमा पुग्छौँ । बाहिर यसरी सम्प्रेषित हुन्छ कि, कसले गरिरहेको रहेको छ यस्तो । के आशयले गर्छन् तपाईँहरूले अनुसन्धान गर्नुस् ।’

प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री परिवर्तन गर्न भन्दै काँग्रेस सभापति शेर बहादुर देउवा समक्ष प्रस्ताव राखेकाे कुरा समाचार माध्यमहरूले समाचार प्रकाशन तथा प्रशारण गरेका थिए ।