images

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने

काठमाडौं–मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिन लागेका हुन् । यादवलाई तत्कालै विश्वासको मत दिने विषयमा केन्द्रीय गठबन्धनमा सहमति भएको छ । विश्वासको मतअघि आलोपालो सरकारको नेतृत्व टुंग्याउनु पर्ने लगायतको केही सर्त प्रदेशका सत्ता गठबन्धनका दलहरुले राखेका थिए । तर शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मुख्यमन्त्री यादवलाई तत्काल विश्वासको मत दिने निर्णय गरेको हो ।

माघ ९ गते जनमतका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत फिर्ता लिएको थियो । विश्वासको मतपछि बाँकी दुई मन्त्रालय भागवण्डा गर्ने मुख्यमन्त्री यायदवले बताएका छन् ।