images

ढाका बेचेर वार्षिक चार लाख कमाउँदै पार्वती, भन्छिन्- स्वेदशमै पर्याप्त अवसर छ !

साेलुखुम्बु–१० देखि १९ बर्षको उमेर अति चनचले उमेर अर्थात किशोरावस्था हो । यस उमेरमा हरकोही शारिरीक परिवर्तनसगैँ आफुमा आएको चनचलतामा बहकावमा हुन्छन् । तर सोलुखुम्बु थुलुङकी पार्वती राईलाई भने यो उमेरमा पनि आफु दक्ष बन्ने हुटहुटीले कुदाईरह्यो । फलस्वरुप घरको आवश्यकता र आफ्ना रहरलाई पुरा गर्दै उनी अहिले आत्मनिर्भर बन्न संक्षम छिन् ।

अध्ययन मात्रै जीवनको सफलता नरहेको बुझाई राख्ने सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा न ७ देउसाकी पार्बती राई २० बर्षको उमेरमा नै उनले सीप सिकेर स्वरोजगार बन्न सफल बनेकी थिइन । सहपाठीहरु उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम धाएका बेला उनलाई भने सिप सिकेर घर खर्च जोहो गर्ने दृढ इच्छाले शान्त बस्न दिएन । सोही समयमा गैरसरकारी संस्थाले दिएको तालिम उनका लागि स्वरोजगार बन्ने आधार बन्यो । अहिले उनी सदरमुकाम सल्लेरीमा सोलुखुम्बु ढाका उत्पादन केन्द्र दर्ता गरी गलबन्दी, रुमाल, टोपी, झोला लगायतका सामाग्री उत्पादन गर्दै आएकी छन् ।

उमेरले ३ दशकको हाराहारीमा पुगेकी उनी नगन्य लागानीबाट सुरु गरेको व्यवसायले अहिले व्यवसाय र घरखर्च व्यवस्थापन गर्दै बार्षिक ४ लाख रुपैँया सम्म बचत गर्न सक्ने भएकी छिन् । नेपालमा केहि अवसर नदेख्ने युवापुस्तालाई उनले विदेश जानुभन्दा थोरै लगानीमा लाभ लिन सकिने ढाका लगायतका व्यवसाय गर्न सुझाउँछिन् ।

सामुहिक रुपमा तीन बर्ष र व्यक्तिगत रुपमा व्यवसायलाई अगाडी बढाएको ६ बर्ष पुगेको बताउने उनले गाउँमा बस्दा घरयासी काममा रुमलिनुपर्ने भएपछि अहिले व्यवसाय नै सदरमुकाम सारेकी छिन् । आधुनिकताले ढाकाका लागि बजार अभाव जस्तो देखिएपनि ढाकाप्रति विश्वास राख्ने ग्राहक समेत हुने भएकाले बनाएका सामाग्री बेच्न समस्या नहुने उनको अनुभब छ ।