images

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर हुँदै

काठमाडौं–आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार प्रतिनिधि सभा सदस्यहरुले सोधेका प्रश्नहरुको उत्तर दिने भएका हुन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई १३ सांसदले प्रश्न सोध्ने छन् । सांसदसँगको प्रत्यक्ष प्रश्न–उत्तर संवादअन्तर्गत आजको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले सांसद गोकर्ण विष्ट, किरणकुमार साह र कालुराम राईले सुशासन, ओरालो लागेको अर्थतन्त्र र विदेशमा अलपत्र नेपालीको उद्धार योजनालगायत विषयलाई उठाउने भएका छन् ।

ती प्रश्नको प्रधानमन्त्री दाहालले संसद बैठकमा जवाफ दिनेछन् ।