images

गृहमन्त्री र यातायात मन्त्रीको राजीनामा माग गर्दै एमालेले गर्‍यो सरकारकाे ध्यानाकर्षण

काठमाडौं–प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गृहमन्त्री र नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालालाई तत्काल निलम्बन गर्नु पर्ने माग गर्दै संसद अवरुद्ध गरेको छ ।

बालकुमारी घटनाबारे मन्त्रीहरु दोषि देखिएको भन्दै उनीहरुको राजीनामा माग गर्दै संसद अवरोध गरेको हो । एमाले संसदीय दलका प्रमुख सचेत महेश बर्ताैलाले फागुन चार गते आयोगले ल्याएको निष्कर्षले सरकारका मन्त्री दोषि भनिरहँदा उनी मन्त्रीमै बहाल भएको र उनलाई बर्खास्त नगरेको भन्दै विरोध जनाएका छन् ।

मन्त्री बर्ताैलाले सिपाहीलाई डन्डा,मन्त्रीलाई झण्डा सुशासन यहि हो भन्दै प्रश्नले गरेको छ । उक्त घटनामा गृहमन्त्रीलाई समेत अवलम्ब बर्खास्त गर्न माग गरेका छन् । पुस १३ गते ललितपुरको बालकुमारीमा भएको उक्त घटनामा दुईजनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारीसाधनमा आगजनी भएको थियो।