images

बालकुमारी घटनाबारे सम्बन्धीत मन्त्री र प्रधानमन्त्रीले नैतिकता प्रदर्शन गरेनन्ः लामिछाने

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनाका मुख्यदोषि भनिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको प्रकाश ज्वालालाई अविलम्ब बर्खास्त गर्न माग गरेका छन् । गत पुस १३ गते दुई जना युवाको प्रहरीले गोली हानि हत्या गरेको घटनाका मुख्य दोषि मन्त्री ज्वालालाई कार्बाही नगरेको भन्दै विरोध जनाएका हुन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति रवि लामिछानेले बालकुमारी घटनाबारे सरकारले बनाएको छानविन समितिले मन्त्री ज्वालाई दोषि देखाएको भए पनि उनलाई बर्खास्त नगरेको भन्दै आपत्ती जनाएको हो । सभापति लामिछानेले बालकुमारी घटनाबारे न त भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले नैतिकता देखाए, न त प्रधामन्त्रीले भन्दै प्रश्न गरे । उनले घटनामा संग्लन मन्त्रीहरुलाई अविलम्ब बर्खास्त गर्न माग गरेका हुन् ।

लामिछानेले भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकारले आफ्ना र गठबन्धनका मान्छे जोगाउनका लागि मात्र रहेछ भन्ने पुष्टि भइसकेको भन्दै अब फाइल रास्वपाका मान्छेको मात्र खोल्न माग गरे । लामिछानेले आफ्ना मान्छे चोख्याउनका लागि सरकारले फाइल खोल्छ र आफ्ना मान्छेलाई चोख्याउँछ भन्ने कुरा ललिता निवास, भुटानी शरणार्थी प्रकरणलगायतमा पुष्टि भइसकेको भन्दै निर्दोष व्यक्तिविरुद्ध भने उजुरी मागेर फसाउने गरेको बताए ।