images

संसदमा कर्णालीका सांसदको चित्कारः यो सरकारले न हाम्रो भाषा बुझ्छ, न हाम्रो पीर मर्का !

काठमाडौं–कर्णाली प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने रास्वपा सांसद विनिता कठायतले संसदमा कर्णालीको यतार्थ चित्कार गरेकी छिन् । आइतबार प्रतिनिधि सभाको बैठकमा जुम्लामा बोलिने खस भाषा बोल्दै उनले त्यहाँ स्वास्थ्य समस्या रहेको उल्लेख गरेकी छिन् ।

निकै वान्की मिलाएर बोल्न सफल सांसद विनिताले भनिन्,’केही दिन अघाडि म मेरो जुम्लामा रहिँ रहँदा खेरी कर्णाली प्रतिष्ठान भन्दा अलि पर रहेको गाउँमा एक जना आमाले मलाई बोलाएर भन्नुभयो,माथि बसेका मान्ठ मान्ठ हुन् कि ? मेरो घुँडो दुखेको यत्रो समय भइसक्यो।नजिकै स्वास्थ्य चौकी भइदिएको भए म औषधि खाने थिएँ र निको हुने थियो ।’

खस भाषालाई नेपालीमा उल्था गर्दै उनले भनिन्, ‘यो सरकारले न हाम्रो भाषा बुझ्छ,न हाम्रो पीर मर्का । यसरी ससाना कुरा नबुझ्ने सरकारलाई कर्णालीबासीले कसरी आफ्नो मान्ने?’