images

काेशी प्रदेशमा ६ महिनाकाे अवधीमा करिब २१ प्रतिशत बजेट खर्च

मोरङ- कोशी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा करिब २१ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखानियन्त्रक कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ऋषिकुमार खनालले प्रदेश सरकारको समग्र बजेट संघीय सरकारको अनुदानमा आधारित हुने भएकाले संघिय सरकारले गर्ने वित्तिय हस्तान्तरणले प्रभाव पार्ने बताए । उनले राजस्व संकलनका आधारमावित्तिय हस्तान्तरण गर्ने संघीय सरकारको परिपत्रले प्रदेशको विकास निर्माण समेत प्रभावितहुन सक्ने बताए ।

उनले विगत ६ महिनामा कोशी प्रदेशमा ७ अरब ६६ करोड ७९ लाख रुपैया खर्च भएको सो जानकारी दिए। उनले कोशीप्रदेश सरकारले विगत ६ महिनामा पूँजीगत अर्थात विकास बजेट तर्फ १३ प्रतिशत खर्च गरेकोमा चालूतर्फ अर्थात तलब भत्तामा भने करिब ३० प्रतिशत खर्च गरेको बताए ।

गत आर्थिक वर्ष ०७९/८० मा कोशीप्रदेश सरकारले करिब ८२ प्रतिशत बजेट खर्च गरेको थियो भने , यस बर्षको विगत ६ महिनामा अनुदान तर्फ८ अरब २० करोड ५७लाख, राजस्व बाँडफाँड तर्फ ३ अरब ५९ करोड ९६ लाख र आन्तरिक आम्दानीतर्फ१ अरब ५६ करोड ९२ लाख रुपैया तथा नगदमौज्दात तर्फ४ अरब २५ करोड १ लाख गरी करिब १७ अरब ६२ करोड ४६ लाख रुपैया प्राप्त गरेको छ ।