images

यो सरकार जालाकी भन्ने डर मलाई विल्कुलै छैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्रीको कुर्सी हल्लीने डर नभएको बताएका छन् । आइतबार सांसद गणेश पराजुलीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने,’मलाई अहिलेको प्रमुख प्रतिपक्ष लगायतकाले प्रधानमन्त्री बनाउनु भयो । मैले १५ दिन हो कि २० दिन भनेको थिएँ । विश्वभरीको अध्ययन पनि गरेको थिएँ । हाम्रो नजिकै छिमेकी भारतमा अटलबेरी बाजपेयी १३ दिनमा प्रधानमन्त्रीबाट हटेको देखेपछि मैले आनन्द मानेको थिएँ। त्यस कारण यो सरकार जालाकै भन्ने डर मलाई विल्कुलै छैन ।’ उनले सुरु देखि नै सुशासन कसरी कायम गर्न सकिन्छ । भ्रष्टाचार कसरी निर्मुल पार्न सकिन्छ भन्ने कुनै चिन्ता नभएको बताए ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्धा आफ्नो सरकारले उठाएको बताए । उनले सुशासन आफ्नो मुद्धा नभइ संकल्प भएको बताए । उनले टिकटक गठबन्धन सरकार र प्रमुख प्रतिपक्षको सल्लाहमा बन्द गरिएको प्रष्ट पारे ।