images

महासमिति बैठक अघि डा शेखर कोइरालाद्वारा सुदूरपश्चिमका जिल्ला सभापतिहरुसँग सामूहिक भेटवार्ता

काठमाडौं–नेपाली कांग्रस संस्थापन इतर पक्षका नेता डा शेखर कोइरालाले कांग्रेस महासमितिको बैठकको पूर्वसन्ध्यामा सूदुरपश्चिम प्रदेशका जिल्ला सभापतिहरुसँग भेटवार्ता गरेका छन् । सोमबार विहान डा कोइरालले सूदुरपश्चिम प्रदेशका आफू निकट जिल्ला सभापतिहरुसँग भेटवार्ता गरेका हुन् ।

डा कोइरालाले सूदूरपश्चिम प्रदेशका सभापतिहरु पुष्प शाह(अछाम), पदम बोगटी(कञ्चनपुर), चतुरबहादुर चन्द(बैतडी), भिम साउद(डडेलधुरा), रामसिंह रावल(बाजुरां) खड्ग बोहोरा(बझाङ), नरेन्द्रबादुर सिंह (डोटी)सँग भेटवार्ता गरेको उनका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिए ।

भेटवार्तामा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको समेत सहभागीता रहेको थियो । महासमितिको पूर्वुसन्ध्यामा भएको भेटवार्तालाई अर्थपूर्ण ढैगबाट हेरिएको छ ।