images

गगन आफ्नो अडानबाट पछि नहटेपछि देउवाले सहमती जुटाउन सकेनन्

काठमाडौं– नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा र महामन्त्री गगन थापाबीचको टसल साम्य हुन सकेको छैन । महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदन संशोधनका लागि भएको छलफल बिना निष्कर्ष टुंगिएको हो।

महामन्त्री थापाले आफ्नो प्रतिवेदन संशोधन गर्न नमानेपछि बैठक विना निष्कर्ष टुंगिएको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सहमति जुटाउन नसकेपछि पुनः छलफल गर्ने गरी बैठक सकिएको कांग्रेसले जनाएको छ । ।थापाको प्रतिवेदनमा चुनावअघिको गठबन्धन नगर्ने संकल्प गरौं भन्ने विषयमा सहमति जुट्न नकस्दा बैठक विना निष्कर्ष टुंगिएको हो ।

संस्थापन पक्षले ‘प्रि–इलेक्सन एलायन्स’ नगर्ने संकल्प गर्ने प्रस्तावप्रति आपत्ति जनाएका छन् । तर, महामन्त्री थापा प्रतिवेदनबाट उक्त विषय हटाउन तयार छैनन् । शनिबार, आइतबार पनि सोही विषयमा छलफल भएपनि सहमति हुन सकेको थिएन ।

भविष्यमा हुने आवधिक निर्वाचनहरुमा निर्वाचन पूर्वगठबन्धन नगर्ने संकल्प गर्ने उल्लेख छ । महासमितिको बैठकको उद्घाटन पश्चात पुनःसभापति र महामन्त्रीबीच छलफल हुने कांग्रेसले जनाएको छ ।