images

त्रिविको उपकुलपतिको विषय टुंगिएको छैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ती टुंगिन बाँकी रहेको प्रष्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्डले सिफारिस समितिको सिफारिस प्राप्त भएपनि यसबारेमा थप निर्णय भइनसकेको बताए ।

मंगलबार बिहान गोरखा–पत्रकार समाज नेपालको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन बालुवाटारमा आयोजित कार्यक्रममा प्रचण्डले भने ‘त्रिभुवन विश्वविद्यालको उपकुलपति नियुक्ति भइसकेको छैन । बधाई दिएर भ्रम फैलाउने काम भएको छ । छिट्टै यसबारे निर्णय हुने नै छ । तर अहिलेसम्म केही भइसकेको छैन ।’

सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै समितिको बैठकले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको थियो ।