images

रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवकको ड्रोन आक्रमणमा मृत्यु

काठमाडौं– रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवकको युत्रेनी सेनाको आक्रमणमा परी मृत्य भएको छ । रुसी सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको परिवारले जनाएको छ ।

तीन महिनाअघि भारत हुँदै रुसी सेनामा भर्ना हुन पुगेका उनको मृत्यु भएको उनीसँगै रहेका रोल्पाका एक र दाङ निवासी अर्का साथीले घरसम्म खबर पुर्‍याएपछि घनसिंहको मृत्यु भएको पुष्टि भएको हो ।