images

सदनमा उठ्यो श्रमजीवि पत्रकारहरुले पारिश्रमिक नपाएको कुरा,समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं–पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरुले श्रमजीवि पत्रकारहरुलाई पारिश्रमिक नदिएको भन्ने विषय सदनमा उठेको छ । श्रमजीवि पत्रकारहरुको पारिश्रमिकको विषयमा रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार शुन्य समयमा बोल्दै रास्वपा सांसद विराजभक्त श्रेष्ठले श्रमजीवि पत्रकारको पारिश्रमिक लगायतका विषयमा समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भने,’श्रमजीवि पत्रकारहरुले पारिश्रमिक नपाएको कुरा अहिले मिडिया हाउसबाट सडकसम्म पुगेको छ ।प्रजातन्त्रको बहाली र पूर्नस्थापना मात्रै होइन।सुशासन पादर्शीता लगायत आम मानिसलाई महत्वपूर्ण सूचना मार्फत सुसुचित गर्दै आइरहेको आम सञ्चार जगत र श्रमजीवि पत्रकारहरु विषम परिस्थितीबाट ग्रुजिरहेका छन् ।उनले भने,’श्रमजीवि पत्रकारहरुले झेल्दै आएको समस्यालाई राज्य व्यवस्थाले समयमै हल गर्न सकेन भने लोकतन्त्र फस्टाउ सक्दैन।’

उनले श्रमजीवि पत्रकारहरुको समस्या समाधानका लागि राज्यको ध्यानाकर्षण समेत गरे ।