images

रास्वपा सांसद हरि ढकालको चेतावनी,अब किसानले पालेका पशु चौपाया सिंहदबार र बालुवाटार लगेर हुल्दिन्छन्

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद हरि ढकालले दुग्ध किसानहरुको माग सरकारले पूरा नगरेको भन्दै आपत्ती जनाए । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद ढकालले दुग्ध किसानहरुले सडकमा दुध पोखेर सांकेतिक आन्दोलन गरेको बताए ।

सदनमा बोल्दै उनले भने,’प्रणय बन्धन भन्दा पनि प्रेमिल यो गठबन्धन सरकारका कृषिमन्त्री ज्यूलाई, तपाई कृषिमन्त्री भएपश्चात मनलाग्दी नियुक्ती बाहेक,तपाईले कृषि र किसानका लागि गरेको एउटा काम के हो ? आएर भनिदिनुहोस्। दुध किसानको हालत उस्तै छ । मिल्क होलिडे भएको छ । भुक्तानी पाएका छैनन् ।अब यो सरकार र कृषिमन्त्रीलाई बिउझाउनलाई किसानहरुले पालेका पशु चौपायालाई सिंहदबारमा हुल्दिने हो कि ? बालुवाटारमा हुल्दिने हो ?]

उनले किसानहरुले दुध पोखेर गरेको तयारी सांकेतिक भएको बताए । ‘अब किसानले गोठबाट पालेका पशु चौपाया सिंहदबार र बालुवाटार लगेर हुल्दिन्छन् ।’ उनले भने । त्यसका लागि सरकार तयार रहोस् ।