images

इलाम-२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं–निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।

इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेबाट तत्कालीन प्रतिनिधिसभा सदस्यमा सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । नेम्बाङको गत भदौ २६ गते निधन भएको थियो ।

यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको  गत असार २५ मा गाडी दुर्घटनामा परि निधन भएको थियो ।