images

सुनसरीबाट गाँजा बाेक्ने एम्बुलेन्स नियन्त्रणमा

काठमाडौं–सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराबाट सशस्त्र प्रहरीले गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकीराखेको को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र ९ वटा पोकामा २ सय ७३ किलोभन्दा धेरै गाँजा बरामद गरि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

गाँजा र एम्बुलेन्स सुरक्षा बेश चतराले नियन्त्रणमा लिएको हो । बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर पठाइएको छ ।।