images

नेप्से परिसूचक १३ दशमलव २८ अंकले वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ ।

पछिल्लो ६ कारोबार दिनदेखि घटिरहेको नेप्से सोमबार १३ दशमलव २८ अंक बढेर १९ सय ९२ विन्दुमा पुगेको हो । नेप्से बढेपनि यस दिन भोल्यूम भने कमजोर रहेको छ । अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३१४ स्टकको ४९ हजार ९४० पटकको कारोबारमा २ अर्ब १ करोड ७७ लाख रुपैयाँ बराबरको ५९ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

बोटलर्स नेपाल बालाजुको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ८ दशमलव १६ प्रतिशत बढेको छ । १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ ।