images

संघीय निजामती विधेयक सदनमा लैजाने तयारीमा छौंः प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती विधेयकलाई अन्तिम रुप दिन सदनमा लैजाने तयारी भएको बताएका छन् । बिहीबार नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘यो बैठकपछि नै हामी संघीय निजामती ऐनलाई अन्तिम रुप दिएर सदनमा लैनाने तयारीमा छौं ।’ प्रधानमन्त्री प्रचण्डले संघ, प्रदेश र स्थानीय तहको अधिकार र कार्यक्षेत्रमा रहेको द्विविधा र अस्पष्टतालाई सम्बोधन गर्ने गरी कार्यविस्तृतिकरण परिमार्जनलाई टुंगो लगाउन निर्देशन समेत दिए ।

२१ भदौको मन्त्रिपरिषद् बैठकले संघीय निजामती विधेयक पारित गरेको थियो, तर हालसम्म संसदमा दर्ता भएको छैन । निजातमी कर्मचारीहरूले उक्त विधेयक चाडाे टुंगाेमा पुर्याउनु पर्ने बताउँदै अाएका छन् ।