images

सहिद हेमनारायण गोल्डकप आजदेखि शुरु , उद्घाटन खेलमा डाँगीहाट र नव जनजागृती बीच खेल हुने

सिरहा- सिरहा नगरपालिकाको मुख्य सहयोगमा सहिद हेमनारायण गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ।
सलहेश युवा कल्वले आज (साेमबार) देखि ९ दिनसम्म चल्ने गरी नेपाल भारतका १० वटा फुटबल टिमको सहभागिता रहने सहिद हेमनारायण गोल्डकप आयोजनाको तयारीमा जुटेका सलहेश युवा कल्वले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा डाँगीहाट युथ क्लब बेलवारी, (मोरङ) र नव जनजागृनी युवा क्लब, (सिमरा) भिड्ने छन् । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने फाल्गुण ३० गतेका दिन हुनेछ ।

सलहेश युवा कल्व सिरहाको आयोजनामा हुने गोल्डकपको विजेतलाई नगद २ लाख ७१ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताएका छन् । यस्तै उपविजेता टोलीलाई नगद १ लाख ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सल्हेश युवा कल्व सिरहाका अध्यक्ष राजिप यादवले बताएका छन् ।

सदरमुकाम सिरहाको सूर्यनारायण सत्यनारायण मोर्बैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा खेल हुनेछ । मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका २ र भारतका एक वटा फुटबल कल्वको सहभागिता रह्ने बताएका छन् ।

प्रतियोगितालाई भव्य बनाउने गरि सम्पूर्ण तयारी पूरा भएको भन्दै अध्यक्ष यादवले खेल मैदान, उद्घाटन र समापन, खेलाडीको सुरक्षा र व्यवस्थापन, दर्शकको सुरक्षा जस्ता विषयमा विषेश ध्याई दिईएको बताए ।