
काठमाडौं– नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् ।
एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् ।त्यसैगरी सचेतकको जिम्मेवारी सुनिता बरालले पाएकी छिन् ।
पार्टी अध्यक्ष एवम् एमाले संसदी दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई सचेतकमा मनोनित गरेका थिए ।