images

सुनको भाउको नयाँ रेकर्ड कायम, प्रति तोला एक लाख २५ हजार

काठमाडौं–नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ । विहिबार सुनको भाउ अहिले सम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख २५ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार हुँदा नयाँ रेकर्ड बनेको थियो ।

गत मङ्गलवार सुनको भाउ प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार हुँदा नयाँ रेकर्ड बनेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै। चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर एक हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।