
काठमाडौं–नवनियुक्त गृहमन्त्री रवि लामिछानेले आफूहरु चक लिस्ट सहित आएका कारण कम्प्रोमाइज नहुने बताएका छन् । गृहमन्त्रीको पदभार समालेसँगै उनले सामाजिक सञ्जाल मार्फत उक्त सन्देश दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत गृहमन्त्री लामिछानेले लेखेका छन, “चेक लिस्ट” सहित आएका छौ । “कम्प्रोमाइज” हुन्न। केही समय “होम वर्क” मा रहनेछौ। साथै उनले नारी दिवस,शिवरात्रि र सेना दिवसको शुभकामना व्यक्त गरेका छन् ।