
काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्धाको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासमा तोकिएको छ ।द्धन्द्धकालिन मुद्धाको विषयमा प्रचण्डले दिएको अभिव्यक्ति विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको थियो ।
प्रण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेश माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले सर्वोच्चमा रिट दिएका थिए ।
यसअघि सो मुद्दामा २०७९ साल फागुन २६ गते न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेशको छलफलमा बोलाउँदै अग्राधिकार र कारण देखाउ आदेश जारी गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डले २०७६ सालको माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा हत्या भएकामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए।