images

सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला एक लाख २६ हजार

काठमाडौं–नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख २६ हजार रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार मात्रै सुन प्रतितोल १ लाख २३ हजार रुपैयाँ मूल्य कायम भई अघिल्ला सबै रेकर्ड तोडिएको थियो ।

बुधबार १ लाख २३ हजार ५ सय, बिहीबार र शुक्रबार १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख २६ हजार कायम भएको हो । आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ४७० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४७५ रुपैयाँ कायम भएको हो ।