images

सेयर बजारमा २७.८४ अङ्कको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ ।

बुधवारदेखि करेक्सन भएको बजारमा बिहीबार नेप्से २७ दशमलव ८४ अङ्कले घटेर २ हजार ८० विन्दुमा झरेको हो । नेप्सेसँगै यस दिन भोल्यूम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब २२ करोडको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ३०३ स्टकको ६६ हजार १०७ पटकको कारोबारमा ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

नेप्सेमा करेक्सन भए पनि विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ६५ प्रतिशत घटेको छ ।