
काठमाडौं– गृहमन्त्री रवि लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।
शुक्रवार बिहान गृहमन्त्री लामिछानेले प्रधानमन्त्री निवास बालुवाटार पुगेर छानबिन आयोगबाट प्राप्त प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष बुझाएका हुन् । गृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
यसअघि बिहीबार जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
गृहमन्त्रीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।