images
images

फागु पर्व सुरु, वसन्तपुरमा विधिवत् रूपमा चिर ठड्याइयो

काठमाडौं– काठमाडौँको वसन्तपुर अगाडि विधिवत् रूपमा चिर ठड्याएसँगै फागु पर्व सुरु भएको छ।

फागुन शुक्ल अष्टमीको अवसर पारेर आइतबार बिहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजा र पताकाले सिँगारिएको ३२ फिट चिर उठाइएको हो।

चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरे। यही फागुन ११ गते काठमाडौं उपत्यकालगायत पहाडी भेगमा होली खेलेर फागु पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट अर्थात् १२ गते फागु पर्व मनाउने प्रचलन रहेको छ।

प्राचीन समयमा प्रह्लादले शिव शक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजितरूपले हत्या गर्ने उद्देश्यले होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रह्लादलाई केही नभएको तर आगोले नजल्ने वरदान पाएकी होलिका आफै जलेको कथा हिन्दु धर्मशास्त्रमा उल्लेख छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS