images
images
images

विनोद चौधरीलाई अनुसन्धानको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन 

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दश रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिएका छन्।
बाँसबारी छाला जुत्ता कारखानाको दश रोपनी जग्गामा कांग्रेस सांसद विनोद चौधरीसहित व्यक्तिको संलग्नता रहेको भन्दै गृहमन्त्री लामिछानेले उनीहरुलाई तत्काल अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) लाई निर्देशन दिएका हुन् ।
गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलन गरेको भन्दै कांग्रेसले निरन्तर रूपमा सदनबाट राजीनामा मागिरहेको अवस्थामा लामिछाने भने कांग्रेस सांसदमाथि नै एक्सनमा उत्रिएका हुन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS