images

साताको पहिलो दिन नेप्से नेप्से १० दशमलव ६२ अङ्कले घट्यो 

काठमाडौं–सेयर बजार परिसूचक नेप्से घट्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ ।
साताको पहिलो कारोबार दिन नेप्से १० दशमलव ६२ अङ्क घटेर २ हजार ७० दशमलव २५ विन्दुमा झरेको छ । त्यसै गरी, यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ५५ अङ्क घटेको छ भने फ्लोर इन्डेक्स ० दशमलव ७० अङ्क र सेन्सेटिभ फ्लोर इन्डेक्स ० दशमलव ४४ अङ्क घटेको हो ।
 नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार करिब ४ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन ३०४ पटकको कारोबारमा ६३ हजार ९ पटकको कारोबारमा ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको ८४ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
सप्तकोसी डेभलपमेन्ट बैङ्कको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ ।