
काठमाडौं–नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले रुपन्देहीमै रोकेको छ । पाल्पा हिँडेका महरालाई प्रहरीले उच्च निगरानीमा राखिएको भन्दै रुपन्देहीमै रोकेको हो ।
आइतबार गृहमन्त्री रवि लामिछानेले महरामाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ ।
सोही अनुसार गृहमन्त्री लामिछानेले गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै उक्त निर्देशन दिएका थिए ।