images

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं– साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ ।
पछिल्ला तीन कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से सोमबार ३ दशमलव २७ अङ्क बढेर २ हजार ७३ विन्दुमा पुगेको हो । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।
अघिल्लो कारोबार दिन ३ अर्ब ३८ करोडको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३ सय ३ स्टकको ५३ हजार २५६ पटकको कारोबारमा २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
गोर्खाज फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैङ्क, पिपुल्स पावर, धौलागिरी लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ उपसमूहमध्ये सोमबार ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ ।