
काठमाडौं–पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा भएका छन्। १४ किलो सुन प्रकरणमा पक्राउ परेका गुरुङलाई काठमाडौं जिल्ला अदालतले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
१४ फागुनमा पक्राउ परेका गुरुङविरुद्ध त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १ अर्ब ४० करोड बिगो माग दाबी गर्दै शुक्रवार मुद्दा दर्ता गरेको थियो।
दुबईबाट आएको १४ किलो सुन तस्करीमा उनको कनेक्सन देखिएको प्रहरीको दाबी छ।