images

नेप्से परिसूचक ६.२४ अङ्कले घट्यो

काठमाडौं– सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले घटेको छ । मङ्गलवार नेप्से परिसूचक ६ दशमलव २४ अङ्क घटेर २ हजार ६७ विन्दुमा झरेको हो ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन २ अर्ब ८८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ६३ हजार ८०१ पटकको कारोबारमा ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, सर्वोत्तम सिमेन्ट र धौलागिरि लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै इन्फिनिटी लघुवित्त, भगवती हाइड्रोपावर र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । बजारमा १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ ।