images

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं– सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।  ९ दिनपछि सुनले फेरि नयाँ रेकर्ड बनाएको हो  । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो । बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि बुधवार १ लाख २५ हजार २ सय रुपैयाँ थियो ।
फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएकोमा सो रेकर्ड ९ दिनमै तोडिएको हो । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।