images

सरकारले गर्‍यो राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त 

काठमाडौं–सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरेको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा.डा.सङ्गीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा.डा. शिवराज अधिकारीलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यसै गरी मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन मन्त्रालयको प्रस्तावमा नेपालका ३ जना र कोरियाका ७ जना गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल १ र जुगल २ हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय पनि गरेको छ । नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा कोरिया र नेपालका आरोहीले हिमाल आरोहण गर्न लागेका हुन् ।
यसै गरी प्रशासन सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चूडामणि पौडेललाई बढुवा गर्ने निर्णय भएको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।