
काठमाडौं–पछिल्लो समय गृहमन्त्री रवि लामिछाने जोडिएको सुर्यदर्शन बचत सहकारीका पीडितहरूले सहकारी प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार सङ्घर्ष समितिले प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दर्ता गराएका छन् ।
सङ्घर्ष समितिले १८ हजार सात सय बचतकर्ताको लगभग १४० करोड रुपैयाँ फिर्ता गर्नु पर्ने भए पनि हालसम्म निश्क्षेपकर्ताले एक रुपैयाँ समेत नपाएको गुनासो गरेका छन् । उनीहरूले जीवी राई लगायतका व्यक्तिले बचतकर्तालाई अलपत्र पार्दै रकम हिनामिना गरेको विषय सदनदेखि सडकसम्म उठ्दासमेत राज्य मौन भएको प्रति आक्रोश व्यक्त गरेका छन् ।
जीवी राई सहितका १४ जना विरुद्ध डिफ्युजनदेखि रेड नोटिस जारी हुँदा समेत प्रतिवादी पक्राउ नपुर्न आश्चर्य भएको उल्लेख गर्दै कुन राज्यको व्यवस्थाले संरक्षण दिइराखेको छ भन्दै प्रश्न समेत गरेका छन् ।
हेर्नुहोस् यस्तो छ उजुरीको विवरण



