images
images

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको अभियोगमा शाखा अधिकृतविरुद्ध मुद्दा दायर 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्धमा कार्यरत शाखा अधिकृत कार्कीले सरकारी जग्गालाई गैर कानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
२०५८ सालको साउनमा सरकारी सेवामा प्रवेश गरेका कार्की २०७९ सालको चैत ३० गतेसम्म ६ करोड ९८ लाख ४६ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको र ३ करोड २१ लाख ३२ हजार रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।
अख्तियारले उक्त रकमलाई बिगो कायम गरी गैर कानुनी रूपमा आम्दानी गरेको सम्पत्ति जफत गर्न समेत माग गरेको छ । कार्कीले छोरी गृष्माको नाममा समेत विभिन्न स्थानमा जग्गा जोडेको देखिएकाले उक्त जग्गा पनि जफत गर्नुपर्ने भन्दै कार्कीकी श्रीमती देवका अधिकारीलाई समेत प्रतिवादी बनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS