images

सेयर बजार ओरालो लाग्यो 

काठमाडौं– लगातार तेस्रो कारोबार दिन पनि सेयर बजार ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ ।
गत मङ्गलवारदेखि घट्न थालेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार पनि १५ दशमलव ३७ अङ्कले घटेर २ हजार ४८ विन्दुमा झरेको हो । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ४९ करोडको सेयर खरिदबिक्री भएको बजारमा बिहीबार ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।
 घटेको बजारमा सर्वोत्तम सिमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि करिब १० प्रतिशत बढेको छ । १३ उपसूचक मध्ये व्यापार बाहेक अरू सबै उपसमूहको सूचक घटेको छ ।